सरकारद्वारा काठमाडौं उपत्यका भित्रका क्वारेन्टाइनको अनुगमन

डिसी नेपाल
३० चैत २०७६ १७:४२

काठमाडौं । सरकारले उपत्यकामा स्थापना भएका विभिन्न क्वारेन्टाइनहरुको स्थालगत अनुगमन गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको नेतृत्वमा शनिबारबाट उपत्यकामा रहेका क्वारेन्टाइनहरुको अनुगमन सुरु भएको हो ।

शनिबार पशुपति क्षेत्रमा रहेको धर्मशालामा निर्माण भएको क्वारेन्टाइनको अनुगमन गरिएको थियो । आइतबार ललितपुर र भक्तपुरका क्वारेन्टाइनको अनुगमन गरिएको छ ।

भक्तपुरको तेलकोटमा रहेको राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षण केन्द्र, खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र, र बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनको अनुभगमन गरिएको हो ।

यसैगरी, ललितपुरमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा खानेपानी तालिम केन्द्र, कृषि विकास बैंकको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा सरसफाई गर्नुपर्ने आवश्यकता देखिएको मन्त्री मानन्धरले बताए ।

उपत्यकामा ५ सय जनासम्म राख्न सक्ने गरी क्वारेन्टाइन व्यवस्थापन गरिने उल्लेख गर्दै उनले खरिपाटी र पशुपतिको धर्मशालामा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित भएपनि अन्य ठाउँमा स्थापना भएका क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार केही व्यवस्थापन नपुगेको उनले बताए । सरकारलाई बुझाउने प्रतिवेदनमा सोही कुरा उल्लेख गरीने र क्वारेन्टाइनहरुको अवस्था सुधार गरिने उनले बताए ।

स्टाफ कलेजमा क्वारेन्टाइन स्थाल व्यवस्थापनका लागि भौतिक पूर्वाधार बाहेक सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने देखिएको छ । दुईवटा ब्लकमा १ सय १० जनालाई राख्न सकिने भएपनि प्रविधिक हिसाबले करिब १ सय कोठा मात्रै प्रयोग गर्न सकिने प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक राजेन्द्र अधिकारीले बताए । पछिल्लो समय कुनै गतिविधि सञ्चालनमा नरहेकाले क्यान्टिन बन्द रहेको छ । एक कोठामा एकजनालाई राख्न सकिने व्यवस्था भएपनि एउटा तलामा एउटा मात्रै सौचालय रहेको उनले बताए ।

नेपाल विद्युत प्राधिकरणको तालिमकेन्द्रमा निर्माण भएको क्वारेन्टाइन भने तयारी अवस्थामा रहेको छ । पहिलो पटक चीनको वुहानबाट ल्याएर १ सय ७५ जना र अन्य मुलुकबाट आएका ९६ जनालाई राखिएको सो क्वारेन्टाइन व्यवस्थानका हिसाबले राम्रो रहेको पाइएको छ । क्वारेन्टाइनमा राखिएका सम्पूर्णलाई विदाई गरिएपनि अहिले पुनः सरसफाई गर्ने र डिसइन्फेक्सन गर्ने काम भइरहेको सूर्य विनायक व्यारेकका गणपति प्रमुख सेनानी शिव प्रसाद पौडेलले बताए । सोमबार बेलुकीसम्म पुनः प्रयोगका लागि तयार हुने उनले बताए ।

बोडेमा रहेको कृषि विकास तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा ७० वेड क्षमता छ । जसमा २० वटा अट्याच बाथरुम सहितका कोठा छन् भने ५० वटा ननअट्याच कोठाहरु रहेका छन् । पशुपतिको धर्मशालामा निर्माण गरिएको क्वारेन्टाइन्को क्षमता ७० बेडको हो । खरिपाटीको तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा २ सय ८ र तेलकोटको क्वारेन्टाइन ३० बेड क्षमताको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.