नेकपाका प्रवक्ताद्वारा एक वर्षको पारिश्रमिक नलिने घोषणा

डिसी नेपाल
१ वैशाख २०७७ १०:१३
16
Shares

काठमाडौँ । सत्तारु दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाशले) एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

नेता श्रेष्ठले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै आफुँले राष्ट्रिय सभाबाट आउने एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड १९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रित आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका हुन् ।

नेता श्रेष्ठले लेखेका छन्, “हामी अहिले कोभिड–१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं।यसबेला एकताबद्ध भई –(आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ। यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.