कोरोना निको भएका कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई

डिसी नेपाल
८ वैशाख २०७७ ८:३३
4
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका छन् ।

उनले उपचारमा सम्लग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा हार्दिक धन्यवाद पनि दिएका छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लक्कीचुहा नगरपालिकाका युवकराज विक आइतबार साँझ घर फर्किएका थिए।

यसअघि काठमाडौँमा दुई र बाग्लुङमा एक कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् । हालसम्म नेपालमा ३१ जना सङ्क्रमित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.