लकडाउनको सदुपयोग : पुतली सडकमा धमाधम नयाँ ढल बिछ्याइँदै (फोटोफिचर)

डिसी नेपाल
९ वैशाख २०७७ १५:२४

काठमाडौं। एकवर्ष अगाडिसम्म राजधानीका सडकमा भएका खाल्डा र धुलोका कारण सरकारको चर्को आलोचना हुने गरेको थियो।

विगभाीय मन्त्रीका हैसियतमा तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले आफ्नो कार्यकालम अहिलेसम्मकै सबैभन्दा धेरै सडक पीच गरेको दाबी गर्थे।

तर अहिले भौतिक पूर्वाधार मन्त्री फेरिएका छन्, अनि काठमाडौं उपत्याकाको सडकको अवस्था पनि फेरिएको छ। सडकका खाल्डाखुल्डी पुरिएका मात्र होइन, अधिकांश सडक पीच गरिएको छ। सरकारले अहिले लकडाउनको सदुपयोग गर्दै धमाधम राजधानीका सडक पिच गर्ने काम गरिरहेको छ।

सडक पीचका साथै नयाँ ढल फेर्ने कामलाई पनि सरकारले तीव्रता दिएको छ। वर्षायामा सधैं जनलमग्न हुने राजधानीको व्यस्त सडक पुतलीसडकको कुमारी मन्दिरदेखि टुकुचासम्म नयाँ ढल बिछ्याने काम थालेको छ।

लकडाउनकै समयमा ढल विछ्याइसक्ने गरी काम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। नयाँ ढल बिछ्याएपछि पुतली सडकमा वर्षायाममा ढल फुट्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ।




प्रतिक्रिया

One thought on “लकडाउनको सदुपयोग : पुतली सडकमा धमाधम नयाँ ढल बिछ्याइँदै (फोटोफिचर)

Leave a Reply to buddhi Cancel reply

Your email address will not be published. Required fields are marked *