काठमाडौँमा अलपत्र परेका यात्रु बोकेर दोलखा जाँदै गरेको बस दुर्घटना !

डिसी नेपाल
१० वैशाख २०७७ ८:१६

काठमाडौं । राजधानी काठमाडौंबाट अलपत्र परेका यात्रु बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ। उक्त बस दुर्घटनामा परी एक दर्जन यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

लकडाउनले काठमाडौँमा अलपत्र परेका मजदुर तथा विद्यार्थी बोकेर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस आज बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त बसमा ३९ जना यात्रु सवार थिए ।

बस दुर्घटना कसरी भयो भन्ने बारे पूर्ण विवरण आउँन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *