कोरोनाभाइरसः ‘… त्यसपछि हामी यस्तै हुनेछौं’

डिसी नेपाल
१६ वैशाख २०७७ ११:५९

काठमाडौं। जर्मनीका जनरल फिजिसियन (जीपी)हरुले नग्न अवस्थामा बिरामीको उपचार गरिरहेको तस्वीरहरु अनलाइनमा पोस्ट गर्न थालेका छन् । देशमा कोरोनाभाइरस नियन्त्रणमा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिप इक्विपमेन्टको अभावप्रति ध्यानाकर्षण गर्न उनीहरुले यस्तो गरेको जनाएका छन् । ‘ब्लेंके बेडेन्केन’ नामको समूहले जर्मनीका स्वास्थ्य मन्त्रीहरुलाई आफूहरुको महिनौंदेखिको माग सुनुवाइ नभएको जानकारी गराउन चाहेको जनाएको छ ।

नग्न फोटोहरु पोस्ट गर्दै उनीहरुले भनेका छन् ‘हामीसँग अलिअलि भएका सुरक्षाका साधनहरु जब सकिनेछन्, त्यसपछि हामी यस्तै देखिनेछौं ।’ उनीहरुले पीपीइबिना काममा जानु भनेको नग्न हुनु जस्तै भएको बताएका छन् । एक फिजिसियनले एक जर्मन मिडियासँग भने ‘यो नग्नता हामी सुरक्षाका साधनबिना कति जोखिममा छौं भन्ने कुराको संकेत हो ।’ यो समूहका सदस्यहरुले आफूहरुलाई कोरोनाभाइरसबाट ठूलो जोखिम महसुस भएको र देशमा जनवरीमा पहिलो संक्रमण भेटिएदेखि नै डाक्टरहरुले सुरक्षाका साधन मागिरहेको बताएका छन् ।

यी उपकरण बनाउने फर्महरुले उत्पादन बढाएका छन् यद्यपि त्यसले पनि माग धान्न सकिरहेको छैन । स्वास्थ्य संस्थाहरुले फिल्टर मास्क, प्रोटेक्टिभ चश्मा, पञ्जा र एप्रोनहरु निरन्तर माग गरिरहेका छन् तर उनीहरुको आवश्यकता पूर्ति हुन नसकेको उनीहरुले बताएका छन् । अप्रिलको सुरुवातमा बर्लिनको लागि पठाउन लागिएका मास्कहरु थाइल्याण्डको बैंकक विमानस्थलमा अमेरिकाले कब्जामा लिएको थियो । ती उपकरणहरु अमेरिका डाइभर्ट गरिएको बताइएपछि जर्मन अधिकारीहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनीहरुले यसलाई आधुनिक डकैतीको संज्ञा दिएका थिए ।

 




प्रतिक्रिया

One thought on “कोरोनाभाइरसः ‘… त्यसपछि हामी यस्तै हुनेछौं’

Leave a Reply to Manoj Cancel reply

Your email address will not be published. Required fields are marked *