सत्तामाथिको संकट टर्नासाथ प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं। तत्काल आफूलेराजीनामा दिनु नपर्ने भएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेर राजीनामासम्म दिनुपर्ने अवस्था तत्कालका लागि टरेपछि प्रधानमन्त्री ओलीले आइतबार विहान ११ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मालोचना गर्दै पार्टीको सहमतिमै सरकार संचालन गर्ने बताएपछि सरकार परिवर्तनको संभावना टरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
एजेण्डा सार्वजनिक नभएपनि सरकारको काम प्रभावकारी ढंगले संचालन गर्ने, कोरोना नियन्त्रण र लकडाउनलगायतका विषय छलफल हुने बताइएको छ।
कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद वैशाख २५ गते सकिँदैछ। मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला लकडाउनको मोडालिटीका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।







डिसी नेपाल







Facebook Comment