काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै

डिसी नेपाल
२२ फागुन २०८२ १३:०२
2.0k
Shares

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन्।

पाण्डेको प्रतिस्पर्धीका रुपमा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ रहेका छन्। पाण्डे ३६ सय ३६ मतको अग्रताले लिएका हुन्।

रास्वपाका गोकर्णेश्वर नगरपालिकाका सभापति भागवत सापकोटाका अनुसार गोकर्णेश्वर नगरपालिकाको १ देखि ७ नम्बर वडा सम्मको मत गणना समापन भइसकेको छ।

‘८ नं वडाको मत गणना सुरु भएको छ। रास्वपाका पाण्डेको हाल ९ हजार २३ र कुलमान ५ हजार ३८७ मत प्राप्त भएको छ। कांग्रेस तेस्रो स्थानमा एमाले चौथो स्थानमा यी दुई पार्टीको मत २ हजार माथि मत प्राप्त गरेका छन्,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *