वैशाख २६ संघीय संसदको बर्खे अधिवेशन बोलाउन सिफारिस
काठमाडौं। सरकारले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको बर्खे अधिवेशन वैशाख २६ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
संविधानमा जेठ १६ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीले संघीय संसद भवनको अवलोकन गरी सामाजिक दूरी कायम हुने गरी वैठकस्थलको व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment