नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
२१ वैशाख २०७७ १६:२९

काठमाडौं । नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकारसम्मेलनमा उनीहरुमा कोरोना पुष्टि भएको जानकारी गराए ।

कोरोना पुष्टि हुनेमा ५ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु ७ वर्षदेखि ५८ वर्षसम्म उमेर समूहका भएको डा. देवकोटाले जानकारी दिए ।

नेपालगञ्जमा आज देखिएका ९ जना सहित कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ पुगेको छ । यसअघि १६ जना निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.