लकडाउन उल्लघंन गर्ने १२११ जना नियन्त्रणमा

डिसी नेपाल
२१ वैशाख २०७७ २०:५१

काठमाडौं । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय १७ महिला सहित १२ सय ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार विहान ६ बजे देखि साझ ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ६ सय ८ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ६ सय ४७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंमा सबै भन्दा बढी ८ सय ८८, ललितपुरमा ३ सय २५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.