लकडाउन उल्लघंन गर्ने १५३६ जना नियन्त्रणमा
फाइल फाेटाे।
काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७१ महिला सहित १५ सय ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी ५ सय ९८ वटा दुई पाङ्ग्रे र ६४ वटा चारपाङग्रे गरी ६ सय ६२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंमा सबै भन्दा बढी १४ सय ३१, ललितपुरमा ६९ जना र भक्तपुरमा ३६ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment