No ads found for this position
No ads found for this position

चन्द्रागिरिमा कोरोना रोकथाम र नियन्त्रणमा खटिने सबैको बिमा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२४ वैशाख २०७७ ९:४२
No ads found for this position

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले काेराेना (कोभिड–१९) संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बीमा गरेको छ। सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति रु दश लाखको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बीमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय बीमा संस्थानमा नगरपालिकामा कार्यरत ३५० कर्मचारीको स्वास्थ्य बीमा गरिएको छ जसमा ७८ जनप्रतिनिधि, ८४ नगरअन्तर्गतका कर्मचारी, १७७ नगरअन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यकर्मी र ११ एम्बुलेन्सका चालक छन्।

उक्त बीमाअन्तर्गत प्रतिव्यक्ति रु ६ लाख बराबरको सामूहिक दुर्घटना बीमा, रु एक लाख बराबरको औषधोपचार बीमा, रु दुई लाख बराबरको घातक रोग बीमा र रु एक लाख बराबरको कोभिड–१९ रोग बीमा समावेश गरी बीमा गरिएको उहाँले जानकारी दिए ।

गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बीमा गर्नै निर्णय गरेको थियो। आन्तरिक व्यवस्थापनमा समय लाग्दा बीमा गर्न केही दिन ढिला भएको उनले जानकारी दिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *