कोशी अस्पतालबाट थप ८ जना संक्रमित डिस्चार्ज हुँदै

डिसी नेपाल
२५ वैशाख २०७७ २१:५३

विराटगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।

कोशी अस्पतालबाट बुधबार मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । शुक्रबार ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।

प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.