नारायण रायमाझीको हृदयस्पर्सी गित ‘आमा तिम्रो छातिको पाटो’ (भिडियो सहित)
काठमाडौं । वरिष्ठ लोक गायक नारायण रायमाझीले लिपुलेक र कालापानी क्षेत्रमा भारतले एकतर्फी बाटो बनाएपछि हृदयस्पर्सी गित गाएका छन्। गायिका शान्तिश्री परियारको सहकार्यमा उनले उक्त गित गाएका हुन् ।
रिमा इन्टरटेन्मेन्ट नेपालको यूट्युव च्यानलबाट बिहीबार सार्वजनिक भएको गितमा रमेश विजीको शब्द रहेको छ ।
‘
लिपुलेक कालापानी सुस्ता मेरै थियो, भन्थे बरै पुर्खाले अझ धेरै थियो’ गितमा विसाल नेपालको परिकल्पना गरिएको छ । भनिएको छ, ‘चिमोटेर खायो हजुर चिमोटेर खायो, आज आफ्नै छिमेकीले उठीबास लायो’।
नारायण रायमाझिको आफ्नै संगित रहेको उक्त गितमा विवि अनुरागीले संगित संयोजन गरेका छन् । गायिका शान्तिश्री परियारको कोकिलकण्ठ स्वरमा भनिएको छ, ‘ किन यति कमजोर भयो गोरखालिको छाति, पराईले परेडखेल्दा आफ्नै छाति माथी’, अनगिन्ती शहिद भएको देशमा पुनः एक पटक अमरसिंह र बलभद्रलाई सम्झनामा लाईएको छ । गितमा भनिएको छ, ‘ आफ्नै माटो जोगाउन माटै बनुन् बरु, विउझन ए अमरसिंह र बलभद्रहरु’।







डिसी नेपाल








Facebook Comment