कोरोना परिक्षणका लागि कुनै शुल्क तोकेका छैनौं : स्वास्थ्य मन्त्रालय (सूचना सहित)

डिसी नेपाल
७ जेठ २०७७ १६:५५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न संचारमाध्याममा आएको ‘कोरोना परीक्षण गर्न १५ हजार शुल्क लाग्ने’ भन्ने समाचार भ्रमपूर्ण भएको भनि ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै राष्ट्रको चौथो अंग मानिएको मिडिया जगतले यस्ता समाचार प्रकाशन र प्रशारण गरेको भनि आपत्ति समेत जनाएको छ ।

सूचनामा भनिएको छ, ‘राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारहरुले यस्तो संकटको घडीमा सही सन्देश मात्र प्रवाह गर्न अनुरोध छ।’

भिडभाडमा जान नचाहने र कोरोनाको परीक्षण गराउन चाहाने स्वदेशी तथा विदेशी नागरिकले अनुरोध गरे अनुसार मन्त्रालयले शःशुल्क परीक्षण गराउने व्यवस्था गर्ने निर्णय गरिए पनि कुनै शुल्कको व्यवस्था नगरेको सूचनामा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.