कोरोना परिक्षणका लागि कुनै शुल्क तोकेका छैनौं : स्वास्थ्य मन्त्रालय (सूचना सहित)

डिसी नेपाल
७ जेठ २०७७ १६:५५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न संचारमाध्याममा आएको ‘कोरोना परीक्षण गर्न १५ हजार शुल्क लाग्ने’ भन्ने समाचार भ्रमपूर्ण भएको भनि ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै राष्ट्रको चौथो अंग मानिएको मिडिया जगतले यस्ता समाचार प्रकाशन र प्रशारण गरेको भनि आपत्ति समेत जनाएको छ ।

सूचनामा भनिएको छ, ‘राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारहरुले यस्तो संकटको घडीमा सही सन्देश मात्र प्रवाह गर्न अनुरोध छ।’

भिडभाडमा जान नचाहने र कोरोनाको परीक्षण गराउन चाहाने स्वदेशी तथा विदेशी नागरिकले अनुरोध गरे अनुसार मन्त्रालयले शःशुल्क परीक्षण गराउने व्यवस्था गर्ने निर्णय गरिए पनि कुनै शुल्कको व्यवस्था नगरेको सूचनामा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *