सीमाको प्रश्नमा सप्लाईको जवाफ दिएर भारतले के भन्न खोजेको हो ?

डिसी नेपाल
१६ जेठ २०७७ ४:४१

काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रबक्ता अनुराग श्रीबास्तवले महामारीको समयमा पनि नेपालसंगको व्यपार र अत्याबश्यक बस्तुको सप्लाई गर्ने काम नरोकिएको बताएका छन्।

बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपालसंगको वर्तमान सीमा विवादका विषयमा बोल्ने क्रममा उनले अत्यावश्यक बस्तुको सप्लाईको प्रसंग जोडेका थिए।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएलगत्तै भारत सरकारले नेपालका लागि अत्याबश्यक सामग्रीहरुसमेत रोकेर अघोषित नाकाबन्दी गरिदिएको थियो।

सीमाको प्रसंगमा कुटनैतिक धम्कीका रुपमा अर्थ लाग्ने गरी अत्यावश्यक सामग्रीसमबन्धी कुरा जोडेर जवाफ दिइएको छ। प्रवक्ताले भनेका छन्, “अहिलेको कोभिड १९ को अवस्थामा पनि भारतले नेपालसंगको व्यपार र औषधिजस्ता अत्यावश्यक बस्तुहरुको सप्लाईलाई जारी राखेको छ। भारतले नेपाललाई औषधिजन्य सहयोग पनि गरेको छ।”

भारतले नेपालसँगको गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अत्यन्त महत्व दिएको बताउँदै प्रबक्ताले पछिल्ला बर्षहरुमा दुई देशका बीचको सम्बन्ध अझै विस्तृत र विविधतायुक्त भएको बताएका छन्।

उनले भारत सरकारको दुई पक्षीय विकास र कनेक्टिभिटी सहयोग बढेको छ र यसअन्तर्गत नेपालमा केही निकै महत्व राख्ने ठूला आकारका परियोजना समयमा सम्पन्न भएको बताएका छन् ।

भारतले अहिलेको पछिल्लो सीमासम्बन्धी विषयमा निरन्तररुपमा नेपालको अवस्था अनुगमन गरिरहेका जनाएको छ । उसले आपसी सम्मान, संबेदनशीलता लगायतका आधारमा सबै छिमेकीसंग इन्गेज हुन खुल्ला रहेको भन्दै यसमा रचनात्मक र सकारात्मक प्रयत्नको जरुरी पर्ने कुरा पनि जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *