थप २ सय १३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३४ सय ४८

डिसी नेपाल
२५ जेठ २०७७ १६:२९

काठमाडौं । आइतबार थप २ सय १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालभर आइतबार २ सय १३ जना संक्रमित थपिएका हुन्। जसमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन्। यो सँगै कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार  हालसम्म ४ सय ६७ जना निको भएर घर फर्किएका छन् भने १३ जनाले ज्यान गुमाईसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.