सामाजिक दूरी कायम गर्दै विद्यार्थीलाई पुस्तक वितरण

डिसी नेपाल
२६ जेठ २०७७ १४:५०

नुवाकोट। जिल्लाको विदुर–३ मा रहेको श्री चण्डी आधारभुत विद्यालयमा पुस्तक वितरण गरिएको छ। सामाजिक दुरी कायम गरी विद्यार्थीलाई घरमा नै अध्ययन गर्न भन्दै आइतबार र सोमबार पुस्तक वितरण गरिएको विद्यालयका शिक्षक हरिप्रसाद अधिकारिले बताए।

पुस्तक पाएसँगै विद्यार्थी खुशी भएका छन्। आधारभूत विद्यालयमा कक्षा तीनमा अध्ययन अस्मिता राईले भनिन्, ‘बल्ल किताब आयो। अब चाँडै स्कुल पनि खुल्ने आशामाछौं।’

लामो समयको लकडाउनले विद्यार्थी उकुसमुकुस भएका छन्। सोही विद्यालयमा कक्षा एकमा अध्ययन गर्ने ८ वर्षीय सर्वन राई नयाँ पुस्तक पाएपछि निकै खुशी देखिए।

विद्यालय खोल्ने टुंगो नभएपनि पुस्तक वितरण गर्दा पनि खुशी लागेको बताउँछिन् सर्वनकी अभिभावक यशोदा राईर ‘स्कुल त टुंगो छैन। छोरा नयाँ किताब हातमा परेपछि निकै खुशी भएको छ।’

विद्यार्थीको भविष्यको चिन्ता हुँदाहुँदै पनि राम्रो व्यवस्था नगरी विद्यालय खोल्ने अवस्था नरहेको बताउँछन् शिक्षक अधिकारी। ‘विद्यार्थीको भविष्यको चिन्ता एकातिर छ, एउटा शिक्षकको नाताले आफ्ना प्रिय बालबालिकाको चिन्ता हामीलाई पनि छ। तर सुरक्षित व्यवस्था नगरी विद्यार्थी पढाइहाल्ने अवस्था छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *