क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मण्डलको मृत्यु

डिसी नेपाल
२६ जेठ २०७७ १६:३९

जलेश्वर । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.