प्रधानमन्त्रीद्वारा निषादको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
२७ जेठ २०७७ १७:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निषादको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले मंगलबार शोक वक्तव्य जारी गरी निषाद सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका रुपमा आफूले पाएको बताए ।

प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा दिवङ्गत निषादप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको निधनबाट शोकमा परेका परिवारजन, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन्।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित निषादको उपचारकै क्रममा मंगलबार दिउँसो वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षका उमेरमा निधन भएको हो । यसअघि प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा मधेश समता पार्टीका तर्फबाट उनले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए। पछिल्लो समय उनले नेतृत्व गरेको मधेश समता पार्टी नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.