चितवनको कोरोना अस्पतालमा चोरी गर्ने विरुद्ध किटानी जाहेरी
काठमाडौं । भरतपुुर महानगरपालिकाको अगुवाईमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।
भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन जना वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी दर्ता गरेका हुन् । अस्पतालमा भएको चोरीको विषयमा निष्पक्ष छानविन गर्न उनीहरुले महानगर प्रमुखसँग माग गर्दै आएका थिए । कोरोना अस्पतालको स्टोरबाट सामान बोकेर बाहिरिँदै गरेको सीसीटिभी फूटेज बाहिरिएपछि उनीहरु माथि कारवाहीको माग जनप्रतिनिधिहरुले गर्दै आएका थिए ।
फूटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । आफूहरुको माग सुनुवाई नभएको भन्दै जनप्रतिनिधिहरुका तर्फबाट वडाध्यक्ष चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेले सामूहिक रुपमा उजुरी दर्ता गराएका हुन्।







डिसी नेपाल








Facebook Comment