अन्तर्राष्ट्रिय फैजदारी अदालतका अधिकारीहरुलाई अमेरिका छिर्न नदिने तयारी !

डिसी नेपाल
३० जेठ २०७७ १३:४९

काठमाडौं। अमेरिकाको ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध आर्थिक र कानुनी कारवाही अगाडि बढाउने भएको छ । अदालतले अफगानिस्तानमा भएको युद्ध अपराधको मुद्दामा अनुसन्धान गर्ने निर्णय गरेपछि अमेरिकाले अदालतका अधिकारीहरुलाई अमेरिका प्रवेशमै रोक लगाउने तयारी गरेको हो ।

द गार्डियनका अनुसार अमेरिका र उसको एलायन्विरुद्ध लगाइएको युद्ध अपराधको मुद्दामा संलग्न अधिकारी तथा ती अधिकारीहरुका परिवारलाई अमेरिका प्रवेशका लागि भिसा दिने छैन । साथमा ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय फैजदारी अदालतविरुद्ध नै भ्रष्टाचार सम्बन्धमा काउन्टर अनुसन्धान थाल्ने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायन, रक्षा मन्त्री मार्क उस्पर र अटर्नी जनरल विलियम बारले यस विषयमा प्रस्तुती दिएका थिए तर उनीहरु कुनै पनि प्रश्नको जवाफ नदिइ बाहिरिए । बारले यो आइसीसीविरुद्ध नियन्तर अभियानको सुरुवात मात्र भएको प्रस्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.