सरकारविरोधी प्रदर्शनकारीहरूप्रति मनिषा कोइरालाको असन्तुष्टि

डिसी नेपाल
३१ जेठ २०७७ १४:३४

काठमाडौं। अभिनेत्री मनिषा कोइरालाले शनिबार सरकारविरोधी प्रदर्शनको लागि रोजिएको समयका विषयमा प्रश्न उठाएकी छिन् । उनले शनिबार ऐतिहासिक दिन भएकोले कमसेकम त्यही दिन यसरी प्रदर्शन गर्नु उचित नभएको तर्क गरेकी छिन् । शनिबार प्रतिनिधि सभाले ऐतिहासिक रुपमा नेपालको परिमार्जित नक्सालाई पास गर्ने गरी संविधान संशोधन गर्दैछ ।

आज सरकारविरोधी प्रदर्शनको आह्वान गरिएसँगै यो समय उचित नभएको भन्दै आवाज उठेको थियो । धेरैले सामाजिक संजालमा प्रदर्शनको टाइमिङ बदल्न आग्रह पनि गरेका थिए । धेरैको आग्रह हुँदाहुँदै पनि प्रदर्शन नरोकिएपछि मनिषाले असन्तुष्टि व्यक्त गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.