सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा भीम रावलको जोड

डिसी नेपाल
२९ मंसिर २०८२ २०:२९
48
Shares

बाजुरा । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न निष्पक्ष र स्वतन्त्र मताधिकारको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देशसभालाई सदरमुकाम मार्तडीमा सम्बोधन गर्दै रावलले सरकारले जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दीलाई निर्वाचनको मिति अघि नै पक्राउ गर्नुपर्ने, लुटेका हातहतियार नियन्त्रणमा लिनुपर्ने बताए।

नेता रावलले कांग्रेस, एमालेको वेथिति र अहङ्कार अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी आवश्यक भएको धारणा राखे। उनले नेपालको स्वाधीनता, जनताको हकअधिकार, गौरव र समृद्धिलाई माथि उठाउन नेपाली कम्युनिष्ट पार्टीले सङ्कल्प गरेको उल्लेख गरे।

एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका नेता भानुभक्त जोशी, खगराज भट्ट, प्रकाश शाहलगायतले सभालाई सम्बोधन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *