मुगु । अविरल वर्षाका कारण रारा छायानाथ नगरपालिका–३ स्थित निघाल्या–फुली सडकखण्डमा अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।

वर्षाका कारण विद्युत् लाइनमा समस्या आएपछि सेवा अवरुद्ध भएको थियो ।

सम्बन्धित प्राविधिक टोलीले निरन्तर प्रयास गरी अवरुद्ध विद्युत् लाइनको मर्मत तथा सम्भार सम्पन्न गरेपछि विद्युत् सेवा पुनः सुचारु गरिएको हो ।