कैलाली-४ लाई समृद्ध र कांग्रेसलाई एकताबद्ध बनाएर लैजानेछु : नेता बिष्ट

डिसी नेपाल
१५ असोज २०८३ १०:२२

धनगढी । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट गोरखबहादुर बिष्ट ‘आनन्द’ अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

क्षेत्रीय अधिवेशनका क्रममा सम्पन्न मतदानमा खसेको कुल ६९० मतमध्ये बिष्टले ५६० मत प्राप्त गर्दै सानदार जित हासिल गरेका हुन्। कुल खसेको मतको झन्डै ८१ प्रतिशत मत ल्याएर विजयी भएपछि उनले क्षेत्रीय प्रतिनिधि तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेका छन्।

निर्वाचनको परिणामपछि प्रतिक्रिया दिँदै नेता बिष्टले संसदीय निर्वाचनदेखि हालसम्म कैलाली क्षेत्र नम्बर ४ का दाजुभाइ तथा दिदीबहिनीहरूले देखाएको अगाध माया र विश्वासले आफूलाई ठूलो ऊर्जा प्रदान गरेको बताए।

‘यो नतिजासँगै मैले थप गम्भीर जिम्मेवारी महसुस गरेको छु,’ बिष्टले भने, ‘यस क्षेत्रमा नेपाली कांग्रेसलाई पूर्ण रूपमा एकताबद्ध र सुदृढ बनाएर लैजान म अहम् भूमिका निर्वाह गर्नेछु। जनता र पार्टीलाई सँगै लिएर समग्र क्षेत्रको विकास निर्माणमा समर्पित हुने प्रण गर्दछु।’

आफ्नो राजनीतिक यात्रा र भविष्यको कार्यदिशाबारे स्पष्ट पार्दै उनले कैलाली क्षेत्र नम्बर ४ को समृद्धिका लागि आफ्नो जीवन नै समर्पण गर्ने प्रतिबद्धता समेत जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *