नुवाकोटमा ‘विद्यार्थीको घरमा शिक्षक अभियान’

डिसी नेपाल
६ असार २०७७ ९:०१

नुवाकोट। जिल्लामा लामो समयसम्म विश्वव्यापी रुममा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन खुल्ने टुंगो नभएपछि विद्यार्थीको पढाइमा निरन्तरता दिने उद्देश्यले विद्यार्थीको घरघरमा शिक्षक कार्यक्रम शुरु गरिएको हो।

सामुदायिक विद्यालयका विद्यार्थी लामो समयसम्म पढ्न छोडेर अन्य गतिविधिमा लागेको देखेका शिक्षकलाई लकडाउन खुलेपछि पनि विद्यार्थीको ध्यान पढाइमा नजाने हो कि भनेर चिन्तित देखिएका छन्। त्यही कारण शिक्षक यतिबेला विद्यार्थीको घरघरमा पुग्ने कार्यक्रम सुरु गरिएको हो। टिभी, रेडियो जस्ता संचार माध्यमबाट पढाइने भनिए पनि विद्यार्थीको चासो खासै पढाइमा नदेखिएपछि घरघर शिक्षक कार्यक्रम सुरु गरिएको हो।

नुवाकोट विदुर–३ मा रहेको चण्डी आधारभूत विद्यालयका शिक्षक आफ्नो विद्यार्थीको चिन्ता गर्दै अब पढाइलाई निरन्तरता दिन लागेको बताउँछन्। आधारभूत विद्यालयका प्राध्यापक अर्जुन अधिकारी भन्छन्, ‘हामी टाढाका शिक्षक होइनौं त्यो हिसाबले पनि सधैं नभएपनि हप्तामा एकपटक एउटा टोलको विद्यार्थी जम्मा गर्ने र हप्ताभरिको लागि पुग्ने होमवर्क दिने, पढ्ने बिषयमा पनि गाइट गर्ने गर्दा सक्रिय भएर बालबालिकाले पढ्छन् कि जस्तो लागेको छ। अहिले हामी घरघरमा नै पुगेर सूचना दिने गरेका छौ।’

नुवाकोटको महादेव उच्च माध्यामिक विद्यालयमा कक्षा आठमा अध्ययनरत पूजा ढुंगाना भन्छिन्, ‘टिभीमा हेरेर पढ्दा दिक्क लाग्छ।’  लकडाउन खुल्दासम्म विद्यार्थीले किताब नै बिर्सिने अवस्था आउने देखिएपछि घरघरमा शिक्षक अभियान सुरु गरिएको प्रअ अधिकारीले बताए।

सोही विद्यालयका शिक्षक हरि अधिकारी भन्छन्, ‘सबैलाई स्कुलमा राखेर पढाउन अहिले असम्भव नै छ, तर अब नपढाएर पनि भएन, हाम्रो टोलका बालबालिका त यसै पनि घुलमिल गरेर बाहिर खेलिरहेका छन्। त्यसकारण पनि टोलटोलमा पढाउन लागिएको हो। हाम्रो समुदायमा टिभी, रेडियोबाट पढ्न चासो कसैले देखाएका पनि छैनन्, त्यसकारण हामीले उनीहरुप्रति चासो बढाएका हौं नियमित यसरी टोलमा अभिभावक, विद्यार्थीलाई भेटेर ढकढक्याउने हो भने उहाँहरु जागरुक हुनुहुन्छ कि भन्ने सोचका साथ हामीले अभियानमा चलाएका हौं।’

पटकपटक शिक्षक घरसम्म आएर उर्जा दिँदा केही हिम्मत आउने बताउँछिन् कक्षा सातमा अध्ययनरर्त छात्रा सुमित्रा राई। ‘किताब ल्याउँदा पनि सरले आएर यसरी पढ भन्नुभएको थियो। धेरै पटक धेरै कुरा सिकाउँदा खुशी लाग्छ । त्यसो भयो भने स्कुल बन्द भएको जस्तै लाग्दैन।’

शिक्षकको यो सकृयतालाई हृदय देखि नै सकारात्मक देखिएको भन्दै अभिभावक राधिका माझी भन्छिन्, ‘उहाँहरुको सकृयताले हाम्रो बालबालिकाको भविष्य उज्वल हुनेछ, खुशी लागेको छ, विद्यालय बन्द भनिए पनि धेरै सहयोग गरिरहनु भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *