कोरोना संक्रमण बढेसँगै बन्दिपुरका अस्पताल र प्रहरी कार्याल बन्द !

डिसी नेपाल
९ असार २०७७ १२:४६

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा कोरोना संक्रमण बढेसँगै अस्पताल र प्रहरी कार्यालय समेत बन्द भएका छन् ।

गाउँपालिकाले हिजो सोमबार एकै दिन ११ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि आपत्कालिन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै, बन्दिपुर अस्पतालका सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु दुई हप्ताका लागि पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।

तनहुँमा यो समाचार तयार पार्दासम्म १०६ जना कोरोना संक्रमित फेला परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *