काठमाडौँको नयाँ बसपार्क भित्र आगलागी, १२ वटा हाइस ध्वस्त

डिसी नेपाल
२१ असार २०७७ ९:४२

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा आइतबार बिहान आगलागी हुँदा १२ वटा (हाइस) माइक्रोबस ध्वस्त भएका छन् ।

बसपार्क भित्र रहेको दिगाे यातायातकाे कार्यालय नजिकै एक ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा हाइस पूर्ण रुपमा र ४ वटा हाइस आशिंक रुपमा जलेको प्रहरीले जनाएको छ ।

आगलागीमा परी बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरका हाइस पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

यस्तै, बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरका हाइसमा आंशिक क्षति पुगेको छ ।

आगलागी के कति कारणले भयो र कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *