डिल्लीबजार मालपोतका प्रमुख अख्तियारको नियन्त्रणमा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ अख्तियारले उनलाई नियन्त्रणमा लिएपनि अहिलेसम्म गोप्य राखेको छ। असार २ मा डिल्लीबजार मालपोतका अधिकृत रघुवंश कँडेलसहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित पक्राउ परेपछि अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको थियो।
पक्राउ परेका कर्मचारीहरुले उनको आदेशमा घुस लिएको बताएपछि उनलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ।
जग्गाको कित्ताकाट गर्ने आदेश गराईदिए बापत उनीहरुले सेवाग्राहीसँग घुस लिएका थिए। सो प्रकरणमा मालपोत प्रमुखको समेत संलग्नता भन्ने बयान पक्राउ परेका कर्मचारीबाट आएपछि उनलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतको दावी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment