भोटेकोशीमा बाढी आउँदा २ जनाको मृत्यु, १८ जना बेपत्ता

डिसी नेपाल
२५ असार २०७७ ७:४४

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बाढी आउँदा बगाएर दुई जनाको मृत्यु भएको छ । उक्त बाढीमा परी १८ जना बेपत्ता भएका छन् ।

राति १२ बजेदेखि आएको बाढीले बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बुमा पर्ने अरनिको राजमार्गमा क्षति पुर्याउँदा बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाबीच सम्बन्ध बिच्छेद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बेपत्ताहरुको उद्धारका लागि अहिले जिल्लाबाट हेलिकोप्टर आउँदै गरेको र सुरक्षाकर्मीसहित स्थानीयको सहकार्यमा उद्धारकार्य जारी रहेको बाह्रबिसे नगरपालिकाकी उपप्रमूख सुशीला पाख्रीनले बताएकी छन् ।

जम्बुका १५ घर बगायो

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्। बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन। बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताईन्।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन्, निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *