दाउन्नेमा पहिरो खस्यो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

डिसी नेपाल
३० असार २०७७ ९:४८

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ।

पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ।

सो स्थानमा खसेको पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *