कोरोनाका कारण रौतहटका ३६ वर्षीय पुरुषको मृत्यु, मृतकको संख्या ३९ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार रौतहटका एक पुरुषको मृत्यु भएको जानकारी दिएका हुन्।
रौतहटको पर्रोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो। भारतमा कोरोनाका कारण मृत्यु भएका उनका दाजुको अन्त्येष्टिमा सहभागी भएर फर्किएपछि परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो।
क्वारेन्टिनमा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment