सिन्धुपाल्चोककाे फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

डिसी नेपाल
१ साउन २०७७ ७:०९

काठमाडाैं। गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन्। राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए।

पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए। प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *