गाई काटेको आरोपमा पक्राउ

डिसी नेपाल
३ साउन २०७७ २२:५९

भरतपुर। चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न पाँचमध्ये अन्य चार फरार रहेको थापाले बताए।

सो ठाउँबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेरेनरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई पशुपक्षी कसुरसम्बन्धी मुद्दा चलाई कारवाही गरिने प्रहरीले जनाएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *