६ वर्षदेखि फरार हत्याका आरोपी पक्राउ

डिसी नेपाल
४ साउन २०७७ १३:५६

काठमाडौं। कर्तव्य ज्यान मुद्दामा ६ वर्षदेखि फरार हत्याका आरोपी पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियानअन्तर्गत प्रदेश–२ प्रहरी कार्यालयबाट खटिएका प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगंजका वर्ष ४६ का धर्मेन्द्रप्रसाद कलवार रहेका छन्। उनले २०७१ साल वैशाख ९ गते बारा जिल्ला विश्रामपुर गाविस वडा नं ९ स्थित गहुँबाखेतमा भारत रक्सौलका प्रमोद साहको हत्या गरेका थिए । कलवार भारतमा लुकिछिपी बस्दै आएका थिए।

प्रदेश नंबर २ प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान चलाएको छ। अभियान प्रभावकारी रुपमा अघि बढेको २ नंबर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी मुकुन्द्र कुमार मिश्रले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *