नारायणी नदीले बगाएर एक जना बेपत्ता
सांकेतीक तस्वीर
चतिवन। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन्। नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई शुक्रबार बिहान नारायणीले बगाएको हो।
सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा उनी चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।
प्रहरी र स्थानीयवासीको टोलीले उनको खोजी गरिरहेको छ। यसअघि यही साउन ६ गते पनि सुस्ता गाउँपालिका–४ स्थित नर्सही थारूगाउँका ३२ वर्षीय सन्तु चौधरीलाई दाउरा छोप्ने क्रममा नदीले बगाएको थियो। उनी पनि अझै फेला परेका छैनन् ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। नारायणी तटीय क्षेत्रका बासिन्दाले नदीले बगाएर ल्याउने काठ र वन्यजन्तु छोप्न खोज्दा वर्षेनी जनधनको क्षति हुने गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment