कोरोना संक्रमण बढेपछि सुर्यगढी गाउँपालिकामा निषेधाज्ञा
नुवाकोट। सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि आइतबार रातीदेखि निषेधाज्ञा जारी गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोभिड–१९ संक्रमण परीक्षण नतिजाअनुसार आइतबार सुर्यगढ़ी गाउँपालिका–२ स्थित क्वारेन्टिनमा रहेका एक व्यक्तिमा संक्रमण देखिए थियो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोज पड्ताल अनुसार गाउँपालिकाका वडा नम्बर २, ३ का पहरेथोक तथा बागेश्वरी माध्यमिक विद्यालय आसपासपका पुर्वमा बोहोरे भन्ज्याङ दक्षिणमा पोखरीडाँडा, वडा नम्बर २ को कार्यालय, होलेटोल, पश्चिममा नयाँ चौतारा र उत्तरमा बागेश्वरी भन्ज्याङमा निषेधाज्ञा जारी गरिएको छ।
संक्रमण रोग एन २०२० को दफा २ बमोजिम आइतबार राती १२ बजेदेखि अर्को आदेश नभएसम्म गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ।
निशेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य कार्य गर्न निषेध गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment