नक्कली सुन र पेस्तोल प्रकरण : एसएसपी थापाको संयोजकत्वमा छानवीन समिति गठन

डिसी नेपाल
१४ साउन २०७७ १६:००

काठमाडौं। कमलादीबाट नक्कली सुन र पेस्तोल बरामद प्रकरण छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले एसएसपी दीपक थापाको संयोजकत्वमा छानवीन समिति गठन गरेको छ।

प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको कमान्डमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। समितिमा एसएसपी किरण वज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डीएसपी राजकुमार केसी छन्।

मंगलबार बिहान काठमाडौं प्रहरी परिसरले दुई थान पेस्तोलसहित आधा किलो सुन, साढे १४ किलो चाँदी बरामद गरेको जनाएको थियो। तर उक्त सामान बरामद गरे पनि गाडी भने भाग्न सफल भएको र अन्य निकायमा समेत जानकारी नभएपछि घटना रहस्यमय बनेको भन्दै मातहत निकायले खोजवीन गर्न निर्दैशन दिएपनि गाडी समेत फेला नपरेपछि छानवीन समिति बनाएको हो।

गाडी नम्बर समेत नक्कली भएको पत्ता लागेपछि छानबिन समिति गठन भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *