सुन काण्डमा प्रहरीकाे झेली खेल, घटनास्थल परिवर्तन

डिसी नेपाल
१५ साउन २०७७ ९:५२

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौले सुन बरामद भएको घटनास्थल परिवर्तन गरेको पाइएको छ।

महानगरीय अपराध महाशाखाले गरेको छानवीनबाट सुन्धरामा बरामद भएको पहेँलाे धातुलाई कमलादी देखाइएको पाइएको प्रहरी स्रोतले जनाएको छ। क्लोज सर्किट सिसी टिभीको अध्ययन गर्दा सामान बरामद भएको स्थान सुन्धरा देखिएको छ।

यसैबीच गत मंगलबार कमलादीबाट काठमाडौँ प्रहरीले बरामद गरेको साढे १४ केजी चाँदी, आधाकेजी सुन र २ थान पेस्तोलको अनुसन्धान गर्ने क्रममा तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखको टोलीले बुधबार राति नवलपरासीको दुम्कीवासबाट उनीहरुलाई पक्राउ गरेर आज विहान काठमाडौ ल्याइएको छ।

दरबारमार्गका डीएसपी दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कार्पियो भागेको प्रहरीले दावी गरेको थियो सो स्कार्पियोमा चालक बाहेक तीनजना सवार रहेको पनि प्रहरीको दावी छ।

दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेशको अत्यन्त फितलो भएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय प्रहरी अपराध अनुन्धान महाशाखालाई छानवीन गर्ने जिम्मा दिएको थियो। महाशखाका प्रमुख एसएसपी दीपक थापाको नेतृत्वमा छानवीन समिति बनेको छ।

स्कार्पियो छाडेर काठमाडौँबाट भागेका तीनजनालाई महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा दुम्कीबासबाट पक्राउ गरिसकेको छ। उनीहरुलाई बिहिबार विहान काठमाडौँ ल्याइएको स्रोतले दावी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *