कोरोनासँग डराउन छोडे सर्वसाधारण, स्थिति भयावह हुने विज्ञको चेतावनी

डिसी नेपाल
१६ साउन २०७७ ११:३४

काठमाडौं। सरकारले औपचारिक रुपमा लकडाउन अन्त्य भएको घोषणा गरेसँगै सर्वसाधारण हेलचेक्र्याइ गर्न थालेका छन्। काठमाडौंका मुख्य चोक, बजार र सार्वजनिक यातायातमा समेतमा स्वास्थ्यका मापदण्ड नअपनाइएको देखिएको छ। तर, कतिपय सर्वसाधारणले भने यसको कारण सरकार आफैं भएको समेत आरोप लगाउने गरेका छन्।

सरकारले कोरोना भाइरसको संक्रमण सुरु भएका बेला उच्च सतर्कता अपनाएको र अहिलेले सावधानी अपनाउन छोडेको उनीहरुको आरोप छ। सरकारले भिडभाडमा निस्कँदा अपनाउनु पर्ने स्वास्थ्य मापदण्डमा कसैले ध्यान दिन सकेका छैनन्।

‘मास्क त लगाउँछन् तर कोही पनि गम्भीर देखिँदैनन्,’ बाफल बस्दै आएकी पुष्पा नेपालले भनिन्, ‘कोरोना भाइरस पनि छ र भन्ने जस्तो लाग्छ। एक जनामा कोरोना भाइरस देखिँदा जति सिरियस थिए अहिले त्यति कोही पनि छैन। लामो समय बितेर पनि होला।’

विश्व स्वास्थ संगठनले नेपालमा कोरोना भाइरसको खतरा कम नभएको बताएको छ। तर, स्वास्थ संगठनले निर्देशन गरे बमोजिम कोरोनाबाट बच्न मापदण्ड अपनाइएको छैन। दैनिक भिडभाडमा घुलमिल हुने सर्वसाधारण कोरोनासँग डर लाग्न छोडेको बताउँछन्।

‘कोरोनाको खासै डर छैन। कतिन्जेल डराउनु,’ कलंकीको फुटफाटमा जुत्ता बेचिरहेका जीवन फुयालले भने, ‘दैनिक भिडभाडमा रहने फुयालले मास्ककाे प्रयोग निर्देशनको लागि मात्रै गरेको बताउँछन्। मास्स प्रयोग धुलोबाट बच्न, सरकारको निर्देशन पालना गर्न लगाएको हो, पछिल्लो कोरोनाको लागि भनेर सावधानी अपनाइएको छैन।’

बिहीबार एकैदिन उपत्यकामा मात्रै ४५ जनालाई कोरोना संक्रमण देखिएको छ। तर, उपत्यका भित्र रहेका सर्वसाधारण कोरोना भन्ने शब्द समाचार आउँदा मात्रै याद हुने बताउँछन्। हेटाैंडाकी मिना परियार बाहिर निस्कँदा मास्क लिएर हिड्न नै बिर्सन थालेको बताउँछिन्।

उनले भनिन, ‘कोरोना भाइरस त अचेल समाचार सुन्दा मात्रै याद हुन्छ, मास्क त व्यागमा राख्न भुलेर ट्राफिक देखेपछि सम्झने गरेको छ।’ मिनासँगै उभिएकी उनको बहिनी थपिन्, ‘पहिला त दिनमा कैयौं पटक हात धोइन्थ्यो, अहिले यसरी बाहिरबाट कोठामा प्रवेश गरेपनि त्यस्ता सावधानी याद हुँदैन।’

सावधानी नअपाए भयावह हुने चेतावनी

कोरोना संक्रमण समुदायमा फैलिइसकेको अनुमान गरिएको छ। तर सर्वसाधारणले सावधान अपनाउन छोडेपछि विज्ञहरुले भने स्थिति भयावह हुने सक्ने चेतावनी दिएका छन्। जनस्वास्थ्यविद रविन्द्र समिर सर्वसाधारणले देखाएको प्रतिक्रियाबाट आफू चिन्तित भएको बताउँछन्।

सर्वसाधारण गम्भिर नहुनाले कोरोना भाइरसको संक्रमण अन्य देशमा जस्तै भयावह हुन सक्ने भन्दै उनले सावधानी अपनाउन आग्रह गरेका छन्।  उनले सुरुवाती दिनमा आवश्यक भन्दा धेरै डराएका सर्वसाधारण पछिल्लो समयमा अपनाउनु पर्ने जति सावधानी नअपाएको भन्दै चिन्ता व्यक्त गरे।

उनले भने, ‘हाल देखिएको भाइरस अलग प्रजातिको छ, सर्वसाधारण सचेत नहुने हो भने देशले अन्य देशले जस्तो अप्रिय घटना स्वीकार गर्नुहुन्छ। काठमाडौं उपत्यका, दैलेखलगायत तराईका केही जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ। सर्वसाधारण आफूलाई बचाउन तिर नजाने हो भने छोटो समयमा नै ठूलो क्षति व्यहोर्नु पर्छ।’

उनले थपे-उपत्यकामा कोरोनाको संक्रमण सरकारले देखाएको विवरण अनुुसार नभएको उनले दाबी गरे। उनले काठमाडाैंमा कोरोना फैलिनुको मुख्य कारण नाका व्यवस्थित नहुनु भएको बताए। उनले भने, ‘उपत्यकामा कोरोना नियन्त्रण गर्नको लागि नाकामा थप कडाइ गरिएको छ, सोर्सफोर्समार्फत प्रवेश गरिएको पाइन्छ, त्यसलाई एकदमै ध्यान दिनु पर्छ।’

कोरोना फैलाउनबाट सबैभन्दा बढी सर्वसाधारणको ठूलो भूमिका हुने भन्दै डाक्टर समिरले भने, ‘कोरनालाई फैलन नदिनको लागि मास्सलाई उचित तरिकाबाट प्रयोग गर्ने, सामाजिक दुरीलाई कायम गर्ने विषयलाई विशेष ध्यान दिने, साबुन पानी, स्यानीटाइजरलाई सकेसम्म धेरैभन्दा धेरै प्रयोग गर्ने गर्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *