चेक रिपब्लिक पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ – Dcnepal

चेक रिपब्लिक पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ

सांकेतीक फाेटाे-


काठमाडौं । वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै  लाखौँ रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विदेश पठाइदिने प्रलोभनमा पारी नगद ११ लाख १३ हजार रुपैयाँ रकम ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंकाे बसुन्धाराबाट उनलाई पक्राउ गरेको हो ।

रमेशले अन्य १५ जना व्यक्तिहरूबाट समेत विभिन्न देश पठाइदिन्छु भनेर नगद १८ लाख रुपैयाँ समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो