पर्सामा अनिश्चितकालि निषेधाज्ञा जारी, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन प्रशासनको आग्रह

डिसी नेपाल
१९ साउन २०७७ १३:०१

काठमाडौं । पर्सामा ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी भएको छ। पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भए लगत्तै जिल्ला प्रशासन कार्यालयले जिल्लाभर अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतीय नागरिक १ र बारा जिल्लाका २ जना छन्, अरू सबै पर्सा नै घर भएका संक्रमित भएपछि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय आएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख गंगा पन्तका अनुसार १० वर्षदेखि ७१ वर्षसम्मका व्यक्तिहरु संक्रमित भएपछि जिल्लाभर हिँडडुल बन्द गराइएको छ। संक्रमितमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका १ पत्रकार पनि छन्।

ठूलो संख्यामा दैनिक संक्रमित थपिन थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि अहिले पर्सामा प्रहरी सक्रिय भएको छ । साउन १० गतेदेखि वीरगन्ज महानगर क्षेत्रभित्र मात्रै लागू निषेधाज्ञा आज सोमबार बिहानै ५ बजेदेखि जिल्लाभर विस्तार गरिएको हो।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्थानीयलाई जिल्ला प्रशासनले आग्रह गरेको छ। यसअघि पर्सामा सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारले काठमाडौबाट विरगन्जमा विशेषज्ञ टोली पर्सा पठाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.