विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९३ लाख भन्दा धेरै, पाकिस्तानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
कराचीकाे श्री लक्ष्मी नारायण मन्दिरमा मास्क लगाएर दर्शन गर्दै एक बालिका। पाकिस्तानमा काेराेना संक्रमितकाे संखया दुइ लाख ८२ हजार भन्दा धेरै पुगेकाे छ।
काठमाडौं। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९३ लाख १ हजार ६२४ पुगेको छ। तीमध्ये १ करोड २३ लाख ९२ हजार ५०६ जना उपचारपछि निको भएका छन् भने हालसम्म ७ लाख १८ हजार ४८३ जनाको मृत्यु भएको छ।
यसैबीच बेलायतका शोधकर्ताहरुले बीसीजी (ब्यासिलस क्यालमेट–गुएटिन) भाक्सिन कोविड–१९ विरुद्ध सकारात्मक पाइएको बताएको छ। यो भ्याक्सिनले मानव शरीरको इम्यून सिस्टमलाई तीव्र बनाउने बताइएको छ।
बीसीजी टिबीको रोगथामका लागि लगाइने भ्याक्सिन हो। यो अध्ययनलाई ‘सेल रिपोर्ट मेडिसिन’ जर्नलमा प्रशाकित गरिएको छ। जसले पाँच वर्षदेखि बीसीजी भ्याक्सिन लगाएका थिए, उनीहरुलाई कोरोनको लक्षण कम देखिएको छ।
यसैबीच कोरोना कहरकाबीच पाकिस्तानले अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गरेको छ। पाकिस्तान सरकारले संक्रमितको संख्यामा कमी आएपछि अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गर्ने निर्णय गरेको जनाएको छ। योसँग पाकिस्तानले लकडाउन खुकुलो बनाउने निर्णयसमेत गरेको छ।
पाकिस्तानमा मार्च २१ देखि आन्तरिक र मार्च २६ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो। पाकिस्तान सरकारले आगामी हप्तादेखि पर्यटकीय क्षेत्र, रेस्टुरेण्ट, सैलुन, फिल्म हल खोल्ने तयारी गरेको छ। पाकिस्तान सरकारका अनुसार दैनिक भेटिने संक्रमित र मृत्युदर जुन महिनाको तुलनामा ८० प्रतिशत कमी आएको छ।







डिसी नेपाल








Facebook Comment