कतारले बढायो श्रमिकको पारिश्रमिक, अब १८ सय रियाल

डिसी नेपाल
१४ भदौ २०७७ २२:३६

काठमाडौं। कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको छ। न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएकोछ। खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने छ।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *