साउदीमा राजकुमारसहित कैयौं अधिकारीहरूको पद खोसियो
5931116 28.06.2019 Saudi Arabia's Crown Prince Mohammed bin Salman attends a session during the Group of 20 (G20) summit in Osaka, Japan. Mikhail Klimentyev / Sputnik via AP
रियाद,। साउदी अरबमा शाही परिवारका दुई सदस्यसहित कैयौं अधिकारीको पद खोसिएको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेको निर्णयअनुसार राजकुमार फहाद बिन तुर्कीको पद पनि खोसुवामा परेका छ। तुर्की यमनस्थित साउदी सैन्य बलका कमाण्डर थिए।
डेपुटी गभर्नर रहेकाा तुर्कीका छोरा बब्दुल अजीज फदाहलाई हटाइएको छ। साउदीको रक्षा मन्त्रालयले सार्वजनिक गरेको आदेशमा उल्लेख भएअनुसार शाही परिवारका यी दुई सदस्यसहित अन्य चार अधिकारीहरू
शंकास्पद आर्थिक लेनदेनमा संलग्न भएको आरोप लगाइएको छ। उनीहरूको गतिविधिमाथि अनुसन्धान थालिने साउदी सरकारले जनाएको छ। साउदी अरबका शासक र शर्वेशर्वा मानिने क्राउन प्रिन्स मोहम्मद बिन सलमानले सरकारमा व्याप्त
कथित भ्रष्टाचाविरुद्ध यस्ता कदम चाल्ने गरेको बताएका छन्। तर शक्ति सन्तुलन र आफू थप मजबुद बन्न शाही परिवारभित्रैका सदस्यहरूलाई विभिन्न आरोप लगाई पद खोस्ने गरिएको छ। आलोचकहरूले चाहिँ राजकुमार सलमानले
आफ्नो शासन शैलीमाथि प्रश्न उठाउनेहरूलाई छानीछानी बर्खास्त गर्ने गरेको आरोप लगाएका छन्। केही समय पहिले पनि पूर्वक्राउन प्रिन्स मोहम्मद विन नायेफका भाई प्रिन्स अहमद बिन अब्दुल अजीज गिरफ्तारीमा परेमा थिए।
सन् २०१७ मा पनि शाही परिवारका दर्जनौं सदस्य, मन्त्री र व्यापारीहरूलाई रियादस्थित रिट्ज कार्लटन होटलबाटै हिरासतमा लिइएको थियो। पक्राउ परेकामध्ये अधिकांशलाई रिहा गरिए पनि उनीहरूले साउदी सरकारसँग १ नील २८ खर्ब रुपैयाँ (१०६ दशमलव ७) अमेरिकी डलर बराबरको सम्झौता गर्नुपरेको थियो। सन् २०१६ मा सत्तारोहरण गरेयता साउदीका क्राउन प्रिन्स
मोहम्मद बिन सलमानले रुढीवादी साउदी अरबमा प्रगतिशील भनिने कयौं सामाजिक र आर्थिक निर्णय गरेका छन्। उनले चालेका यस्ता कदमहरूलाई अन्तर्राष्ट्रिय स्तरबाटै सराहना मिलिरहेको छ । तर, उनी विरुद्ध कैयौं घोटाला र षड्यन्त्रहरू गरेको आरोप लागिरहेको छ । पत्रकार जमाल खग्गोसीको हत्याका प्रमुख योजनाकार पनि उहाँ नै रहेको पुष्टि भइसकेको छ ।
साउदी सरकारका आलोचक खग्गोसीलाई टर्कीको स्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो। यमनमा जारी युद्धमा सरकार समर्थक सैन्य बललाई सहयोग दिएका कारण पनि सलमान आलोचनाको केन्द्रमा छन। याे समाचार हिमालय टाइम्स दैनिकले लेखेकाे छ।







डिसी नेपाल








Facebook Comment