चीन र भारतबीचको बढ्दो तनावले नेपाललाई के असर गर्छ?

मदन कोइराला
२४ भदौ २०७७ १२:५४

काठमाडौं। सीमा क्षेत्रमा भारत र चीनबीच तनाव जारी रहँदा भारतले आफ्नो तिब्बत नीतिमा परिवर्तन गर्ने संकेत दिएको छ। भारतले तिब्बतलाई चीनको अंगका रुपमा दिएको मान्यता फिर्ता लिँदै स्वतन्त्र तिब्बतका रुपमा आवाज उठाउन सक्ने विश्लेषण भारतीय बुद्धिजीविहरुले बताउन थालेका छन्।

हालै प्योंगयाङ स्तो ताल नजिकै एम्बुसमा परेर भारतीय सेनाको स्पेशल फ्रंटियर फोर्स  (एसएफएफ) का एक अधिकृतको मृत्यु भयो। निर्वासित तिब्बती तेन्जिंग मारिएका थिए। उनको शव यात्रामा भारतीय सत्तारुढ दल भाजपाका महासचिब राम माधव सहभागी भए।

उनको सो कदमलाई चीनलाई एक सन्देशका रुपमा लिनुपर्ने भारतीय विश्लेषकहरुको भनाइ छ। चीनले अरुणाचल प्रदेशमा आफ्नो दावी यथावत रहेको भनेकाे भोलिपल्ट भारतीय नेता तिब्बती सैनिकको अन्तिम यात्रामा सहभागी भएका हुन्।

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अरुणाचल प्रदेशलाई चीनले मान्यता नदिएको र सो तिब्बतको दक्षिणी भाग रहेको बताएका थिए। यदि भारतले तिब्बत नीति परिवर्तन गर्ने हो भने त्यसको दक्षिण एशियामै प्रभाव पर्ने भारतीय विश्लेषकहरुको भनाइ छ। नेपाल एक चीन नीति मान्दै आएको छ।

अथवा नेपालले तिब्बतलाई चीनको अंगका रुपमा मान्यता दिएको छ। भारतले २००३ मा तिब्बत चीनको अंग भएको स्वीकार गरेको थियो। तर, यसमा भारतीय नीति परिवर्तन हुँदा त्यसले नेपालमा के असर पर्छ भन्ने चासोको विषय बनेको छ।

तिब्बती धर्म गुरु दलाई लामा भारत निर्वासनमा छन् र उनले भारतमै निर्वासित तिब्बत सरकार गठन गरेका छन्। नेपालमा पनि तिब्बती शरणार्थी छन्। र उनीहरुले बेला बेलामा काठमाडौंमा स्वतन्त्र तिब्बतका लागि गतिविधि गर्दै आएका छन्।

जसप्रति चीनले सधैं चासो राख्दै आएको छ। अथवा नेपाली भूमिमा चीन विरोधी गतिविधि नहोस भन्ने चीनले चासो राख्दै आएको छ र नेपालले पनि त्यसको विश्वास दिलाउँदै आएको छ।

तर, छिमेकी भारतले तिब्बत नीति परिवर्तन गर्दा पक्कै पनि नेपालमा रहेका तिब्बतीहरुका गतिविधि बढ्नेछन् र त्यसले चीनलाई संवेदनशील बनाउने छ। यो विषयमा नेपाललाई कस्तो प्रभाव पार्छ भनेर डिसी नेपालले केही अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुसँग सोधेका छौं।

लोकराज बराल,  पूर्व राजदूत

लोकराज बराल,  पूर्व राजदूत
अहिले एसियाकै दुईवटा ठूला मुलुक चीन र भारतबीच सीमा विवादलाई लिएर तनाव बढेको छ। दुई मुलुकबीच तनाव बढ्दा त्यसको प्रभाव अन्य मुलुकमा पनि पर्ने नै भयो। तर यो युद्धको अवस्थामा पुग्दैन जस्तो लाग्छ। सीमा विवादलाई लिएर चीन र भारतबीच जम्मा एक पटक युद्ध भएको छ।

१९६२ पछि यी दुई मुलुकबीच युद्ध भएको छैन। र युद्ध हुँदैन जस्तो लाग्छ। मनौं यदि युद्ध भयो भने त्यसबाट हामीलाई पनि नराम्रो असर पर्छ। दुवै मुलुकले आफ्नो पक्षमा पार्न खोज्छन्। त्यस्तो अवस्थामा हामी सचेत भएर र तटस्थ रुपमा भूमिका निर्वाह गर्नुपर्छ। नेपालले विशुद्ध रुपमा आफूलाई तटस्थ राख्नु नै बुद्धिमानी हुन्छ।

चीनमा विषेश गरी सि जिनपिङ राष्ट्रपति भएर आइसकेपछि चीनको महत्वकांक्षा बढेको जस्तो देखिएको छ। तर जे भएपनि यी दुई मुलुकबीच अहिले युद्ध हुने अवस्था देखिँदैन। दुई मुलुकबीच युद्ध हुने अवस्था आयो भने पनि त्यसमा नेपालले खासै भूमिका निर्वाह गर्न सक्दैन।

अहिले चीन विश्व महाशक्ति बन्ने दाउमा रहेको छ। अमेरिकालाई उछिन्ने दाउमा रहेको चीन भारतसँग युद्ध गर्दा उसलाई अन्य मुलुकले घेर्न सक्छन्। त्यसतर्फ चीन सचेत होला। अर्को तर्फ भारतले पनि विकास गर्दै गरिवी निवारण गर्नुपर्ने बेलामा चीनसँग युद्ध गरिहाल्ला जस्तो लाग्दैन।

चीनमा विषेश गरी सि जिनपिङ राष्ट्रपति भएर आइसकेपछि चीनको महत्वकांक्षा बढेको जस्तो देखिएको छ। तर जे भएपनि यी दुई मुलुकबीच अहिले युद्ध हुने अवस्था देखिँदैन। दुई मुलुकबीच युद्ध हुने अवस्था आयो भने पनि त्यसमा नेपालले खासै भूमिका निर्वाह गर्न सक्दैन।

डा.मदन भट्टराई पूर्व राजदूत

डा.मदन भट्टराई पूर्व राजदूत

भारत र चीनको बीचमा सीमा नियन्त्रण रेखा अनुसार उनीहरुको आफ्नो सीमा सम्बन्धि विवाद लगायतका विषयमा बेला बेलामा छलफल हुने भइरहेकै हुन्छ। १९६२ देखि यो क्रम जारी छ। अहिले फेरि केही समयदेखि उनीहरुबीच कतिपय विषयमा विवाद छ, र कहिले काँही केही मानिसहरु हातहाती पनि भएका छन्।

योसँगै उनीहरुबीच उच्चस्तरीय सम्पर्क पनि भइरहेकै हुन्छ। भर्खर यो संघाइ कोअरेशन अर्गनाइजेशनको मिटिङमा भारतीय मन्त्री जानु भयो, उनीहरुको उच्चस्तरीय कुटनीतिक संवाद पनि भइरहेको हुन्छ। मलाइ के विश्वास छ भने दुई मुलुकबीचमा अहिले देखिएका विमित वार्तामार्फत नै समाधान हुन्छ।

अब चीन र भारतबीचको लडाइँको बेलामा १९६२ को लडाइँ भन्दा अगाडि चिनियाँ पक्षले के भनेको थियो भने चीन र भारत बीच १३ सय वर्ष पहिला लडाइँ भएको थियो। त्यसको सात सय वर्षपछि फेरि अर्को लडाईँ भएको थियो।

त्यसलाई उनीहरुले डेड लडाइँ भन्थे। त्यो भनेको पहिलो लडाइँमा पूरै संलग्न भएको दोस्रो लडाईँमा आधा संलग्न भएको भनेको मंगोलिया त्यो बेला चीनकै भाग भएको भएर मंगोलियासँगको लडाईँलाई उनीहरुले आधा लडाईँ भन्थे।

उनीहरुको वार्ताको माध्यमबाट समस्याको समाधान गर्छन्। विश्वका दुई ठूले अर्थतन्त्र भएका मुलुक चीन र भारत भएको हिसावले वार्तामार्फत समस्याको समाधान गर्छन भन्ने हाम्रो अपेक्षा हो।

अहिले कास्मिरकै उदाहारण लिने हो भने अहिले कास्मिर ६ भागमा विभाजित भएको छ। एउटा पोहोर साल भारतले आन्तरिक पुनर्गठन गर्दा जम्मु काम्मिर र लद्दाखलाई छुट्ट्यायो। दुई वटालाई केन्द्र शासित राज्य बनायो। केन्द्र शासित प्रदेशमा एउटामा एसेम्बी हुने र एउटामा हुने गरी छुट्ट्यायो।

अनि कास्मिरको एक टुक्रा भाग चाँही पहिला कब्जा गरेको हिसावले पाकिस्तानले अकुपाई गरेको छ जसमा भारतले पाकिस्तानले अकुपाई गरेको भन्छन, पाकिस्तानले त्यसलाई आजाद कास्मिर नाम राखेको छ। अर्को एक टुक्रा बलुचिस्तान एरिया जुन छ त्यसको एउटा टुक्रा चीनलाई दिएको भन्ने भारतको भनाइ छ। अर्को १०६२ लडाइँका लद्दाखको केही भारत सीमा नियन्त्रण रेखामा चीनकोे भागमा छ।

नेपालको के होला भन्ने विषयमा दुई वटा छिमेकी मुलुकसँग नेपालको राम्रो सम्बन्ध भएको हुनाले उनीहरुको समस्यालाई शान्तिपूर्ण रुपमाले उनीहरुले समाधान गर्छन् भन्ने कुरामा हामीलाई विश्वास छ। उनीहरुको वार्ताको माध्यमबाट समस्याको समाधान गर्छन्। विश्वका दुई ठूले अर्थतन्त्र भएका मुलुक चीन र भारत भएको हिसावले वार्तामार्फत समस्याको समाधान गर्छन भन्ने हाम्रो अपेक्षा हो।

चिरन शमशेर थापा, पूर्व संवाद सचिव राजदरवार

चिरन शमशेर थापा, पूर्व संवाद सचिव

चीन पनि भारत पनि आर्थिक क्षेत्र र सामरिक क्षेत्रमा धेरै अगाडि बढिरहेका छन्। उनीहरुबीचमा एउटै समस्या भनेको सीमा समस्यामा मात्रै हो। यी दुई मुलुकबीच झण्डै ३ हजार किलोमिटर सीमा छ।

म एउटा दृष्टान्त दिन्छु। १९ औं शताब्दीमा डेनमार्क र जर्मनीको बीचमा सीमाको समस्या थियो। त्यो बेलामा एक जना बेलायतका परराष्ट्रमन्त्रीले डेनमार्क र जर्मनीबीच जुन समस्या छ, तीन जना मान्छेले मात्रै बुझेका छन्। एक जना केही समय अगाडि बिते, एक जना हालसालै बौलाए र मैले के समस्या हो बिर्सिएँ भनेका थिए। कुनै पनि मुलुकबीच रहेको सीमा समस्याकै कारणले ठूलो युद्ध हुन्छ भन्ने कसैले पनि ठान्नु हुँदैन।

चीन र भारतबीच सीमा विवाद भएपनि उनीहरुबीच वार्ता र संवाद भइरहेकै छ। अरु क्षेत्रमा प्रतिश्पर्धा हुन्छ। दुवै ठूला मुलुक हुन्। ३ हजार किलोमिटर सीमा जोडिएको मुलुकमा अहिले ४५ वर्षसम्म १०७५ देखि कुनै गोली हानाहान भएका थिएन। भनेपछि यो समस्या बीच बीचमा उठिरहन्छ। तर लडाइँकै रुपमा लिँदैन।

चीन र भारतबीच सीमा विवाद भएपनि उनीहरुबीच वार्ता र संवाद भइरहेकै छ। अरु क्षेत्रमा प्रतिश्पर्धा हुन्छ। दुवै ठूला मुलुक हुन्। ३ हजार किलोमिटर सीमा जोडिएको मुलुकमा अहिले ४५ वर्षसम्म १०७५ देखि कुनै गोली हानाहान भएका थिएन। भनेपछि यो समस्या बीच बीचमा उठिरहन्छ। तर लडाइँकै रुपमा लिँदैन।

नेपालले आफ्नै राष्ट्रिय हित हेर्नु पर्छ। हाम्रो राष्ट्रिय हित यी मुलुकहरुसँग केही समस्या भएपनि समस्यासहित सम्बन्ध राख्नुपर्छ। चीनसँग नेपालको सीमाको समस्या छैन। भारतसँग पनि ९० प्रतिशत सीमा विवाद मिलिसकेको छ।

यसमा मुख्य रुपमा लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ताबाट भारत उपयुक्त समयमा हामीले भारतलाई त्यो भूमि छाड्न लगाउन सक्नुपर्छ। तर शान्तिपूर्ण किमिसबाट अगाडि बढ्नुपर्छ।  जस्तो हामीले ७० को दशकमा भारतले १८ वटा चेकपोस्ट छोड्न लगाउन सफल भयौं। यसैगरी अहिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ताबाट भारतलाई हटाउन सक्छौं।

सुशीलकुमार पन्त, पूर्व महान्यायाधीवक्ता

सुशीलकुमार पन्त, पूर्व महान्यायाधीवक्ता

चीन र भारतबीच तनाव बढ्दै गयो भने नेपाललाई राम्रैसँग असर पर्छ। सुरुमा सीमा क्षेत्रमा रहेका नेपालीलाई पर्छ। दुई मुलुकबीच तनाव बढ्दै जाँदा नेपाली सीमा क्षेत्रमा आयात निर्यातमा प्रत्यक्ष असर पर्छ।

यसले दक्षिण एसियामा के असर गर्छ यही बजारमा उत्पादन गर्ने बेच्ने उपभोक्तालाई प्रत्यक्ष असर गर्छ। सुरक्षाका विषयमा पनि यस्तो अवस्थामा केही सुपर पावर मुलुकहरुले खेल्ने स्थान पाउँछन्। अब भारत र चीनबीचको तनाव बढ्दै गयो भने नेपालको भूमिका के हुन्छ भन्ने प्रश्न आउँछ।

अढाई वर्षसम्म हाम्रो मुलुकका परराष्ट्रमन्त्रीले भारतको औपचारिक भ्रमण गर्न सकेका छैनन् भने अब दुई मुलुकबीच भूमिका निर्वाह गर्ने विषयमा कत्तिको विश्वास गर्न सकिन्छ?

नेपालको भूमिका धेरै हुन सक्थ्यो तर सुझबुझ र क्षमताले गर्दा अन्तर्राष्ट्रिय जगतमा हाम्रो उपस्थितिले गर्दा हाम्रो भूमिका हुन सक्दैन। हामी सानो मुलुक भएपनि अन्तर्राष्ट्रिय जगतमा हाम्रो उपस्थिति देखाइरहेका थियौं भने फरक विषय हुन सक्थ्यो।

अढाई वर्षसम्म हाम्रो मुलुकका परराष्ट्रमन्त्रीले भारतको औपचारिक भ्रमण गर्न सकेका छैनन् भने अब दुई मुलुकबीच भूमिका निर्वाह गर्ने विषयमा कत्तिको विश्वास गर्न सकिन्छ?

तर अहिले चीन र भारत बीचको तनावले युद्धको मोड लिन्छ जस्तो लाग्दैन। उनीहरुबीचमा जतिसुकै तनाव भएपनि निर्वाध रुपमा आर्थिक गतिविधि, आयात निर्यात गरिहेका छन्। त्यसकारण अहिले नै युद्ध होला भन्न सकिने अवस्था छैन।

गेजा शर्मा वाग्ले राजनीतिक विश्लेषक

गेजा शर्मा वाग्ले राजनीतिक विश्लेषक
विगत लामो समयदेखि सीमा विवादको कारण गर्दा एक पटक त चीन र भारतबीच एक पटक युद्ध नै भयो। त्यसपछि पनि विभिन्न समयमा सैन्य विवाद, द्वन्द्व, झडप आरोप प्रत्यारोप हुँदै आएका छन्। दुई महिना अगागि गलवान उपत्यकामा पनि सैन्य झडप भएको थियो।

हिजो पुन झडप भएका समाचार सार्वजनिक भएका छन्। यी समग्र परिवेशको आधारमा के भन्न सकिन्छ भने सीमा विवादको बारेमा भारत र चीनकाबीचमा विवाद र द्वन्द्व थप चर्किने संकेत देखिन्छ।

नेपालसँग पनि भारतको लामो समयदेखि सीमा विवाद रहेको र भारत र नेपाल दुवैले नयाँ नक्सा जारी गरेपछि संवादहीनताको अवस्था रहेका कारणले गर्दा त्यसको प्रत्यक्ष असर नेपालमा पर्नु स्वाभाविकै हो।

अहिले दक्षिण एसियाका भारत र चीन, भारत र नेपाल, भारत र पाकिस्तानलगायत अन्तरदेशीय सीमा विवादका कारणले गर्दा दक्षिण एसियामा द्वन्द्व चर्किने, आरोप प्रत्यारोप चर्किने जसका कारण अन्तर्राष्ट्रिय लगानी आकर्षित नहुने जसका कारण क्षेत्रीय शान्ति र स्थिरितामासमेत प्रश्न उठ्ने संभावना देखिन्छ।

यद्यपि प्रधानन्त्री अ‍ोलीले अगस्ट १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन सम्वाद तथा नेपाल र भारतकाबीचमा भएका परियोजना मूल्यांकन गर्ने क्रममा बैठक भएपछि द्विपक्षीय संवादहीनताको अन्त्य भएको छ। तथापी सीमा विवादलाई लिएर नेपाल र भारतबीच परिणाममुखी संवाद हुने संभावना न्युन देखिन्छ।

त्यसैगरी अहिले दक्षिण एसियाका भारत र चीन, भारत र नेपाल, भारत र पाकिस्तानलगायत अन्तरदेशीय सीमा विवादका कारणले गर्दा दक्षिण एसियामा द्वन्द्व चर्किने, आरोप प्रत्यारोप चर्किने जसका कारण अन्तर्राष्ट्रिय लगानी आकर्षित नहुने जसका कारण क्षेत्रीय शान्ति र स्थिरितामासमेत प्रश्न उठ्ने संभावना देखिन्छ।

नेपाल र भारतकाबीचमा सीमा विवाद कायमै रहेको अवस्थामा नेपालले भारत र चीनबीचको सीमा विवादका विषयमा कुनै उल्लेख्य भूमिका निर्वाह गर्न सक्दैन। नेपालले भारतसँग चाँहि उच्चस्तरीय कुटनीतिक संवादमार्फत सीमा विवाद अन्त्य गरेर नेपाल भारत परम्परागत सम्बन्धलाई थप घनिष्ट बनाएर भारत र चीनको आर्थिक विकासबाट नेपाल लाभान्वित हुने नीति अनुशरण गर्नु नै नेपालको हितमा हुन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *