नेपाली कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरु: शीर्ष नेताहरूको सहभागिता
धनगढी। नेपाली कांग्रेसले आफ्नो देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण अभियानको सुरुवात आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गर्दैछ।
पार्टीको साङ्गठनिक अवस्था र निर्वाचनको नतिजाबारे गहन छलफल गर्न आयोजित यो कार्यक्रम बिहान १० बजेदेखि धनगढीको सौराई ब्याङ्केटमा सुरु हुनेछ।
सहमहामन्त्री प्रकाश रसाईलीका अनुसार यस विशेष समीक्षा कार्यक्रममा पार्टी सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीहरूको प्रत्यक्ष सहभागिता रहनेछ।
दुई दिनसम्म चल्ने यस वृहत् भेलामा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसदहरू, निर्वाचनमा झिनो मतान्तरले पराजित उम्मेदवारहरू, प्रदेश सभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहनेछ।
कांग्रेसले यस समीक्षा कार्यक्रममार्फत निर्वाचनका सबल र दुर्बल पक्षको सूक्ष्म विश्लेषण मात्र नगरी आगामी राजनीतिक यात्रा र सङ्गठन सुदृढीकरणका लागि नयाँ कार्यदिशा समेत तय गर्ने लक्ष्य राखेको छ। पार्टीभित्रको आन्तरिक एकता र आगामी चुनावी रणनीतिका दृष्टिले यस धनगढी बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।







डिसी नेपाल







Facebook Comment